Skip to content
Prabhu

पर्यटन प्रवर्द्धनमा सक्रिय हुन प्रवर्द्धकलाई पर्यटनमन्त्रीको आग्रह

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ्ले मुलुकको हित र पर्यटन प्रवर्द्धनका निम्ति सक्रियरुपमा काम गर्न पर्यटन प्रवर्द्धकलाई निर्देशन दिएका छन् । 

नवनियुक्त पर्यटन प्रवर्द्धकलाई आज मन्त्रालयमा नियुक्तिपत्र, परिचयपत्र र राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुहुँदै मन्त्री तामाङ्ले पर्यटन प्रवर्द्धनका साथै विदेशबाट बढीभन्दा बढी लगानी भित्र्याउने कार्यमा भूमिका खेल्न आग्रह गरे । मुलुकको पर्यटन प्रवर्द्धनका निम्ति प्रवर्द्धकको महत्वपूर्ण भूमिका र जिम्मेवारी रहेको उल्लेख गर्दैै उहाँले देश र जनताको पक्षमा काम गर्न आग्रह गरे । यही फागुन १३ गतेको मन्त्रिस्तरको निर्णयबाट विभिन्न मुलुकमा नेपालको पर्यटन प्रवद्र्धन गर्न २९  प्रवर्द्धक नियुक्त गरेको थियो ।

 प्रवर्द्धकको तर्फबाट बेलायतका लागि नियुक्त सोमनाथ सापकोटाले देशको सर्वोपरी हितलाई केन्द्रमा राखेर पाएको जिम्मेवारीलाई कुशलतापूर्व निर्वाह गर्ने बताए । नेपालको पर्यटन प्रबद्र्धनका लागि विगतमा विभिन्न मुलुकमा नियुक्ति गरिने पर्यटन दूतलाई मन्त्रालयले यसपटकबाट पर्यटक पवर्द्धक नियुक्ति गरेको हो । 

सुशासन व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०६४ को पर्यटन प्रवर्द्धक कार्यविधि २०७९ को पहिलो संशोधनअन्तर्गत मन्त्रीस्तरिय निणर्य गर्दै नियुक्त गरिएको मन्त्रालयले जनाइएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal