Skip to content

माउन्टेन इनर्जीको ६५ मेगावाट दूधखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न

काठमाडौं । माउन्टेन इनर्जीको प्रवर्द्धनमा निर्माण हुने ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन (फाइनान्स क्लोजर) सम्पन्न भएको छ।
आयोजनाको वित्तीय व्यवस्थापनमा एनएमबी बैंक लिमिटेडले लिड बैंक तथा सानिमा बैंकले को–लिड बैंकको भूमिका निर्वाह गरेका छन्। वित्तीय व्यवस्थापन सम्पन्न भएसँगै आयोजनाको निर्माण प्रक्रिया थप अगाडि बढ्ने भएको छ।
दूधखोला आयोजनाको वित्तीय व्यवस्थापनमा बैंक तथा वित्तीय संस्थाको सहभागिताले नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्रप्रतिको वित्तीय संस्थाको विश्वासलाई समेत थप बलियो बनाएको देखिन्छ।
६५ मेगावाटको आयोजना निर्माण सम्पन्न भएपछि विद्युत् उत्पादनमा थप योगदान पुग्ने तथा देशको ऊर्जा उत्पादन क्षमता विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima