Skip to content

टाटाको टियागो र पन्च इभीको फेसलिफ्ट सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टियागो र पन्च इभीको फेसलिफ्ट गाडी सार्वजनिक गरेको छ ।

राजधानीको भृकुटीमण्डपमा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्सपो–२०२६’मा उकत गाडी सार्वजनिक गरेको हो ।

टियागो इभी फेसलिफ्टको मूल्य २८ लाख ९९ हजार रुपैयाँ रहेको छ । यस्तै पन्च इभी फेसलिफ्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । पन्च इभी फेसलिफ्टमा ४५ किलोवाट आवरको ब्याट्री प्याक छ ।

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले प्रविधिसहितका नयाँ पञ्च इभी र टियागो इभी सार्वजनिक गरेको बताए । दुवै गाडी बढी दूरी तय गर्न सक्ने क्षमता भएका, छिटो चार्ज हुने सुविधा, थप प्रविधि र बलियो सुरक्षा व्यवस्था रहेको उनको भनाइ छ ।

नयाँ पञ्च इभीमा ठूलो ब्याट्री, बढी दूरी तय गर्न सक्ने क्षमता, छिटो चार्ज हुने सुविधा, अत्याधुनिक प्रविधि र थप प्रिमियम ड्राइभिङ अनुभवसहित ल्याएको उनको भनाइ छ ।

पञ्च इभीमा ३२ किलोवाट घण्टा र ४० किलोवाट घण्टा क्षमताका दुई ब्याट्री छन् । यो ब्याट्रीले एकपटक चार्ज गरेपछि ३०० देखि ३२५ किलोमिटरसम्म रेञ्ज दिन्छ ।

पञ्च इभीमा सनरुफ, हर्मनको २६.०३ सेन्टिमिटर सूचना प्रणाली, ३६० डिग्री हेर्न सकिने क्यामरा, ३६६ लिटरको बुट स्पेस र ६ वटा एयरब्याग छन् । यसमा १९५ मिलिमिटरको उच्च ग्राउन्ड क्लियरेन्स छन् ।

कम्पनीले हाल २१ भन्दा बढी इभी सर्भिस सेन्टर, ३९ वटा डीसी चार्जिङ प्वाइन्ट र १५० भन्दा बढी एसी चार्जिङ प्वाइन्ट सञ्चालनमा ल्याएको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T