काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।
अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको नाफा ८.५५ प्रतिशतले बढेर ३८ करोड २ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको नाफा ३५ करोड २ लाख रुपैयाँ थियो ।
यो अवधिमा कम्पनीको खुद बीमाशुल्क आम्दानी १५.७३ प्रतिशतले बढेर १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ पुगेको छ। यता खुद दाबी भुक्तानी १४.०८ प्रतिशतले बढेर १३ अर्ब ६४ करोड ८८ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको कुल आम्दानी १३ प्रतिशतले बढेर १७ अर्ब ९ करोड ९० लाख रुपैयाँ पुगेको छ । कुल खर्च १३ प्रतिशतले बढेर १६ अर्ब ४८ करोड ७८ लाख रुपैयाँ नाघेको छ।
जीवन बीमाकोष ५१ अर्ब ५५ करोड ८९ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ७.५९ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १२२.६८ रुपैयाँ रहेको छ ।
यस्तै सोल्भेन्सी अनुपात १.६५ प्रतिशत छ।
कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड १९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६० करोड ९२ लाख रुपैयाँमा छ भने महाविपत्ति कोषमा ४५ करोड ८० लाख रुपैयाँ कायम भएको छ।
यो अवधिमा कम्पनीको लगानी ४१ अर्ब ६६ करोड २४ लाख रुपैयाँबाट बढेर ५२ अर्ब ७९ करोड ५६ लाख रुपैयाँ पुगेको छ।





प्रतिक्रिया दिनुहोस्