Skip to content
Prabhu

सेयर बजार ६ अंकले बढ्यो, कारोबार रकम ५ अर्ब ८९ करोड

काठमाडौं । बुधबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । मंगलबार ३३ अंकभन्दा बढीले बढेको सेयर बजार परिसूचक साताको चौथो दिन बुधबार ६ दशमलव ३७ अंकले बढेर बन्द भएको हो ।

आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ६ दशमलव ३७ अंकले बढेर २१२१ दशमलव ६२ विन्दुमा पुगेको छ । बुधबार कारोबार भएका कम्पनीमध्ये ११९ कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । बुधबार नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । बुधबारको कारोबार बन्द हुँदा ५ अर्ब ८९ करोड बढीको कारोबार भएको छ । अघिल्लो दिन ५ अर्ब ५५ करोड बढीको कारोबार भएको थियो ।

आज सेयर बजारमा ३१२ कम्पनीको १ करोड २९ लाख ५० हजार ४०७ कित्ता सेयर ७४ हजार ८५८ पटक खरिद बिक्री भएका छन् । जसबाट ५ अर्ब ८९ करोड ४० लाख ८९ हजार २४५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ६७ अंकले बढेर ३७४ दशमलव ९१ विन्दुमा पुगेको छ ।

आज १३ उपसमूहमध्ये ४ समूहको सेयर मूल्य घटेको छ भने ९ उपसमूहको सेयर मूल्य बढेको छ । आज सबैभन्दा धेरै फाइनान्स उपसमूहको सेयर मूल्य १.०७ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै हाइड्रोपावर उपसमूहको परिसूचक ०.६१ प्रतिशतले घटेको छ ।

बुधबार सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज समृद्धि फाइनान्स कम्पनी र मिड सोलु हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal