Skip to content

भोटेकोशीमा एक्कासी आएको ठुलो बाढीले स्याफ्रुबेँसी, टिमुरे लगायतका क्षेत्रमा गभ्मीर क्षति

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा एक्कासी ठूलो बाढी आएको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बततर्फबाट भोटेकोशी नदीमा अत्यधिक ठूलो बाढी आएको हो । बाढीका कारण नदीको जलसतह बढ्न सक्ने भएकाले तल्लो तटीय क्षेत्र डुबानमा परेका छन् ।

भीषण बाढीका कारण रसुवाका स्याफ्रुबेँसी, टिमुरे लगायतका क्षेत्रमा गम्भीर क्षति पुगेको छ ।

सरकारले सम्बन्धित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, विपद् व्यवस्थापन निकाय तथा अन्य सरोकारवाला निकायहरूलाई उच्च सतर्कता अपनाउन, उद्धार तथा राहत तयारी अवस्थामा रहन र आवश्यक सबै कदम चाल्न निर्देशन दिइसकेको छ।

रसुवा र नुवाकोटका नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छु ।

नदी किनार, पहिरोको जोखिम भएका स्थान तथा अनावश्यक यात्रा नगर्नुहोस्। स्थानीय प्रशासन, सुरक्षा निकाय तथा आधिकारिक निकायबाट जारी सूचना र चेतावनीलाई पालना गर्न अनुरोध गरेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T