Skip to content
Prabhu

सिद्धार्थ बैंकको ७२ हजार कित्ता सेयर बिक्रीमा

 

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयरधनी चंचल देवी जैनको नाममा रहेको ७२ हजार ९ सय २७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । सो सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेस गर्नुपर्ने बैंकले जनाएको छ ।

साथै, तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति वा संस्थामा सेयर बिक्री प्रक्रिया अगाडि बढाउने बैंकले सूचनामार्फत जानकारी दिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal