काठमाडौं । अग्रवाल सेवा केन्द्रका सदस्यहरूको तर्फबाट केन्द्रका अध्यक्ष गिरधारी अग्रवालले प्रधानमन्त्री विपद् राहत कोषमा ४१ लाख रुपैयाँ सहयोग प्रदान गरेका छन्।
अग्रवालले उक्त रकम अर्थमन्त्रीसमक्ष हस्तान्तरण गर्दै हालैको प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
सो अवसरमा ‘युवा मञ्च’ ले वितरण गर्ने थप १० लाख रुपैयाँ बराबरको राहत सामग्रीबारे पनि अर्थमन्त्रीलाई जानकारी गराइएको थियो। युवा मञ्चमार्फत विपद् प्रभावित क्षेत्रमा आवश्यक खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराइने जनाइएको छ।
विपद्का कारण प्रभावित भएका नागरिकहरूको उद्धार, राहत तथा पुनर्निर्माण कार्यमा निजी क्षेत्र, सामाजिक संस्था तथा विभिन्न समुदायबाट सहयोग जुट्ने क्रम जारी रहेको छ। अग्रवाल सेवा केन्द्र र युवा मञ्चले पनि मानवीय सेवाप्रति आफ्नो प्रतिबद्धता जनाउँदै राहत अभियानमा सक्रिय सहभागिता जनाएको बताएका छन्।






प्रतिक्रिया दिनुहोस्