Skip to content

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

nabil bank

 

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले विभिन्न चार संस्थामा विशेष छुट पाउने भएका छन् । बैंक र ती ४ संस्थाबीच सम्झौता भएसँगै बैंकका ग्राहकले ती संस्थामा छुट पाउने भएका हुन् ।

‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंकले स्वास्थ्य क्षेत्रका संस्था तथा सुपर मार्केटसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको जनाएको छ । सम्झौतापश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइाल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकले लेखनाथ सिटी अस्पताल पालि, ओरो प्लस डेन्टल क्लिनिक, ए एण्ड ए हेल्थ क्लब र एनजी मार्केट्समा विशेष छुट पाउने छन् । कास्कीको पोखरा २६ मा रहेको लेखनाथ सिटी अस्पतालमा सामान्य बेडमा २५ प्रतिशत, क्याबिन, पोस्ट–ओपीडी र प्रयोगशालामा १५ प्रतिशत, आईसीयूमा १० प्रतिशत र सर्जरी र फार्मेसीमा ५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।

त्यस्तै, ललितपुरको पुल्चोकमा रहेको ओरो प्लस डेन्टल क्लिनिकमा पनि बैंकका ग्राहकले नियमित उपचारमा १० प्रतिशत र विशेष उपचारमा ५ प्रतिशत छुट पाउने छन् । त्यस्तै रुपन्देहीको बुटवल ३ मा रहेको ए एण्ड ए हेल्थ क्लबमा पनि बैंकका ग्राहकले छुट पाउने छन् । त्यहाँ बैंकका ग्राहकले विशेष उपचारमा ५ प्रतिशतको छुट पाउने छ । त्यस्तै फुड सप्लीमेन्टमा पनि ५ प्रतिशत नै छुट पाउने छन् । त्यस्तै ३ महिनाको अग्रिम शुल्कमा १० प्रतिशत, ६ महिना अग्रिम शुल्कमा १५ प्रतिशत र १२ महिना अग्रिम शुल्कमा १९ प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।

त्यस्तै, बैंकका ग्राहकले त्रिलोत्तमा ५ मणिग्राममा रहेको एनजी मार्केट्समा पनि विशेष छुट पाउने छन् । बैंकका ग्राहकले त्यहाँ ग्रामेन्टमा १० प्रतिशत, घरायसी र इलेक्ट्रोनिक्स उपकरणमा ५ प्रतिशत, एफएमसीजी फुड फ्रेस उत्पादनमा १.५ प्रतिशत र एफएमसीजी गैर खाद्य सामग्रीमा २ प्रतिशत छुट पाउने छन् ।

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime