Skip to content

राष्ट्र बैंकले गर्यो सहुलियतपूर्ण कर्जा कार्यविधि दोस्रो संशोधन: जेनजीका शहीद परिवार र घाइतेलाई १५ लाखसम्म कर्जाको व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले  सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०८२’ मा दोस्रो संशोधन गरेको छ। संशोधित कार्यविधिले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार बन्न १५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ।
कार्यविधिअनुसार जेनजी आन्दोलनमा शहीद भएका व्यक्तिका पति, पत्नी, छोरा, छोरी, बाबु वा आमाले शहीद परिवारका रूपमा यस्तो कर्जा प्राप्त गर्न सक्नेछन्। त्यस्तै, नेपाल सरकार वा प्रचलित कानुनबमोजिम तोकिएको निकायबाट जेनजी आन्दोलनको घाइते भएको प्रमाणित व्यक्तिले पनि कर्जा लिन सक्नेछन्।
शहीद परिवार तथा घाइतेले कृषि तथा पशुपन्छी व्यवसाय, घरेलु तथा साना उद्योग, सेवा व्यवसाय, सूचना प्रविधिमा आधारित व्यवसाय, पर्यटन व्यवसाय, उत्पादनमूलक उद्योग तथा स्टार्टअप उद्यम सञ्चालनका लागि यस्तो कर्जा लिन सक्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, नेपाल सरकारले तोकेका अन्य उत्पादनमूलक तथा रोजगारमूलक व्यवसाय सञ्चालनका लागि समेत सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन सकिने व्यवस्था कार्यविधिमा समावेश गरिएको छ।
नयाँ व्यवस्थाले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार तथा उद्यमशीलतामार्फत आर्थिक रूपमा आत्मनिर्भर बन्न सहुलियतपूर्ण वित्तीय पहुँच उपलब्ध गराउने उद्देश्य राखेको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T