लाभांश पारित गर्न नबिल बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । नबिल बैंकले बार्षिक साधारण सभा बोलाएको छ ।
बैंकले असोज २२ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा ४२औँ वार्षिक साधारण सभा बोलाएको हो ।
बैकले सभामा गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्ने प्रस्ताव लैजाने छ ।
बैंकले ५ प्रतिशत बोनस सेयर र करसहित १०.८० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
साथै ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीहरुलाई चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ ।
सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था मर्जर वा एक्विजिशन गर्ने सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश गर्ने छ ।
संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज १४ गते बुकक्लोज गर्दैछ। यस अनुसार असोज १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।






प्रतिक्रिया दिनुहोस्