Skip to content
Prabhu

सिटिजन लाइफको नायब प्रमुख कार्यकारीमा दिपबहादुर बिसी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारीको जिम्मेवारी दिपबहादुर बिसीले पाएका छन् । यसअघि नायब महाप्रबन्धक रहेका बिसी बढुवा भएर सो जिम्मेवारीमा पुगेका हुन् ।
कम्पनीको सञ्चालक समितिको बैठकले असार १ गतेदेखि लागू हुने गरी उनलाई नायब प्रमुख कार्यकारी पदमा पदोन्नति गरेको हो । पदोन्नति अघि उनी २०७४ साउनदेखि नायब महाप्रबन्धकको साथै कम्पनी सचिवको समेत जिम्मेवारीमा रहेका थिए ।

एसिया ई युनिभर्सिटीबाट स्नातकोतर तहको उपाधि हासिल गरेका उनले द इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्टेन्ट अफ नेपालबाट चार्टर्ड अकाउण्टेन्सी इन्टरमेडिएटको शिक्षा पनि पूरा गरेका छन् । उनीसँग लेखापरीक्षण, लेखा, वित्तीय व्यवस्थापन, रणनीतिक व्यावसायिक योजना र जीवन बिमाका विभिन्न पक्षका सम्बन्धमा डेढ दशकभन्दा लामो समयको अनुभव रहेको कम्पनीले जानकारी दिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal