Skip to content
Prabhu

सेयर बजार राताम्य, कारोबार रकममा पनि गिरावट

काठमाडौं । आइतबार सेयर बजार राताम्य भएको छ । गत हप्ताको अन्तिम कारोबार दिन बिहीबार पनि घटेर बन्द भएको सेयर बजार यो साताको पहिलो कारोबार दिन पनि १७ अंकभन्दा बढीले घटेको हो ।

आइतबारको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक १७ दशमलव ०४ अंकले घटेर २०९५ दशमलव २५ विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ०.८० प्रतिशतले कम हो । आइतबार कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घटेसँगै समग्र बजारमा त्यसको असर देखिएको हो।

आइतबार सेयर बजारमा १७७ कम्पनीको सेयर मूल्य घट्यो भने ६४ वटा कम्पनीको मात्रै सेयर बजार बढेको छ । त्यस्ते ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज सेयर बजार परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो कारोबारमा ६ अर्ब बढीको कारोबार भएको बजारमा आइतबार ५ अर्ब बढीको मात्रै कारोबार भएको छ । आइतबारको कारोबार बन्द हुँदा ३१७ कम्पनीका १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता सेयर ७१ हजार ९९७ पटक खरिद बिक्री हुँदा ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार ५५१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आइतबार ‘क’ वर्गका कम्पनीको मापक सन्सेटिभ इन्डेक्स पनि ३ दशमलव २५ अंकले घटेर ३७० दशमलव ९३ अंकमा पुगेको छ । आज सेयर बजारमा एक कम्पनीको सयर मूल्यमा सकारात्मक सर्किट लाग्यो भने १ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आज नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर बन्द भएको छ भने भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर बन्द भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal