Skip to content
Prabhu

नेपालगञ्जबाट शिवरात्रिको दिन मानसरोवर दर्शन गर्न ६ वटा चार्टर्ड फ्लाइट

नेपालगञ्ज । नेपालगञ्जबाट महाशिवरात्रिको अवसरमा  कैलाश मानसरोवर दर्शनका लागि  ६ वटा चार्टर्ड फ्लाइट भएको छ । चाटर फ्लाइटमार्फत करिब २ सय भारतीय पर्यटकले कैलाश मानसरोवरको दुरदर्शन गरेका छन्र् ।

पर्यटकहरूले श्री एयरलाइन्सको जहाज चार्टर्ड गरी चीनको तिब्बतमा रहेको कैलाश मानसरोवरको दर्शन गरेका हुन् । कैलाश पर्वत र मानसरोवरको शिवरात्रिको दिन दर्शन गर्नाले पुण्य प्राप्ति हुने धार्मिक विश्वास छ ।

२०७७ साल अघि वार्षिक करिब १४ हजार भारतीय पर्यटक नेपालगञ्ज  रुटबाट मानसरोवर पुग्ने गरेका थिए । कोभिड पछि भारतीय पर्यटकलाई चीनले भिसा दिन बन्द गर्दा नेपालगञ्ज रुट सुनसान बनेको थियो । जसको सिधा असर नेपालगञ्जको पर्यटन व्यवसायमा परेको थियो ।

यसअघि बाँकेको रुपैडिया नाका हुँदै मानसरोवर जाने पर्यटक नेपालगञ्जबाट जहाजमा सिमिकोट गएर एकरात त्यहाँ बास बस्ने र सिमिकोटबाट हिल्सासम्म हेकिकप्टरमा गएर हिल्साबाट २ दिनमा चिनियाँ बसमा ताक्लाकोट हुँदै मानसरोवर पुग्दथे ।

नेपालगञ्जको पर्यटन सुस्ताएको समयमा पथिल होलिडेजले पर्यटकीय गतिविधि बढाउन र भिसाका कारण रोकिएका भारतीय पर्यटकलाई मानसरोवर दर्शन गराउने उद्देश्यले मानसरोवरको माउन्टेन फ्लाइट सुरु गरिएको पथिल होलिडेजका प्रवन्ध निर्देशक महेश गौतमले बताए ।

कैलाश मानसरोवरको दर्शन गर्न चाहने भारतीय पर्यटकहरूका लागि नयाँ गन्तव्यको रुपमा विकास हुने ट्रिप टु टेम्पल्सका प्रबन्ध निर्देशक विकास मिश्राले बताए ।

माउन्टेन फ्लाइटकै कारण भारतीय पर्यटकहरू आउँदा नेपालगन्जका  होटलहरू भरिभराउ भएका छन् । दर्जनौं हिउँ चुचुरा पार गर्दै कैलाश पर्वत र मानसरोवरलाई नजिकबाट नियाल्दा भारतीय पर्यटकहरू खुशीले चिच्याउँदै ‘हर हर महादेव’ भन्दै थिए ।

भारतीय ट्राभल कम्पनी ट्रिप टु टेम्पल्सले भारतका विभिन्न राज्यका नागरिकहरूलाई तिर्थयात्रा गराउँदै आएको छ ।पथिल होलिडेज र ट्रिप टु टेम्पल्सले श्री एअरलाइन्सको समन्वयमा गत माघ १५ देखि कैलाश मानसरोवरको माउन्टेन फ्लाइट सुरुवात गरेको थियो । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal