Skip to content

सेयर बजार राताम्मे, २५३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । सेयर बजार राताम्मे भएको छ । बजार मापन गर्ने सूचक ३६.२५ अंकले घटेर परिसूचक २६१८.०३ बिन्दु कायम भएको छ ।

३५२ कम्पनीको २ करोड १६ लाख २२ हजार ७२८ कित्ता सेयर ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार ३९५ रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा २५३ कम्पनीको मूल्य घटेको छ भने २३ कम्पनीको मात्रै मूल्य बढेको छ । कारोबारमा सबै उपसमूहका सूचक ताराम्मे भएका छन् ।

कारोबारमा धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima