काठमाडौं । सानिमा मिडल तमोर हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ ।
असोज ७ गते बसेको सन्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
कम्पनीले सेयरधनीलाई ५.२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यस्तै कम्पनीले असोज ३० गतेका लागि बार्षिक साधारणासभा बोलाएको छ । सभा प्रयोजनका लागि असोज १९ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।
असोज १६ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।








प्रतिक्रिया दिनुहोस्