Skip to content

सुन–चाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य सामान्य घटेको छ । शुक्रबारको बजारमा सुनको मूल्य तोलाको ५०० रुपैयाँ र चाँदीको मूल्य तोलाको ३० रुपैयाँ घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला २ लाख ९९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आजको बजारमा चाँदीको मूल्य प्रतितोला ४ हजार ६२० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ६५० रुपैयाँमा किनबेच भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima