Skip to content

खराब मौसमका कारण उडान प्रभावित, तीन विमानस्थल अझै खुलेनन्

काठमाडौं । खराब मौसम तथा पर्याप्त भिजिबिलिटी नहुँदा उडानहरू प्रभावित भएका छन् । प्रतिकूल मौसमका कारण केही विमानस्थलमा उडान सञ्चालनमा समस्या देखिएको एयरलाइन्स कम्पनीहरुले जानकारी दिएका छन् ।

बुद्ध एयरका अनुसार पर्याप्त भिजिबिलिटी नहुँदा तुम्लिङटार, भरतपुर र पोखरा विमानस्थल अझै सञ्चालनमा आउन सकेका छैनन् ।

मौसममा सुधार आएर आवश्यक भिजिबिलिटी कायम भएपछि मात्र ती विमानस्थलबाट उडान सञ्चालन गर्न सकिने एयरलाइन्सले जनाएको छ । खराब मौसमका कारण यात्रुहरूलाई उडान तालिका प्रभावित हुन सक्ने भन्दै एयरलाइन्सले आवश्यक समन्वय र धैर्य गर्न आग्रह गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima