काठमाडौं । आज सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
इन्द्रजात्राको अवसरमा सरकारले काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिएको हो ।
सरकारले तीन जिल्लामा बिदा दिएको भएपनि यी जिल्लामा रहेका बैंक तथा वित्तीय संस्था खुला रहने भएका छन् ।
कतिपय बैंक तथा वित्तीय संस्थाले शाखा खोलेर सेवा दिइरहेका छन् ।
बैंक तथा वित्तीय संस्थाले सबै शाखा नभएर केही शाखा खोलेर सेवा दिएका छन् ।









प्रतिक्रिया दिनुहोस्