काठमाडौं । यस चाडपर्वको अवसरमा एक्सपेङले ग्राहकहरूका लागि १२ लाख रुपैयाँसम्मको विशेष छुट सहितको चाडपर्व विशेष योजना ल्याएको छ । प्रिमियम विद्युतीय सवारीको अनुभवलाई थप सहज र आकर्षक बनाउन यस योजनाअन्तर्गत विभिन्न विशेष सुविधा समावेश गरिएको छ ।
यस योजनाअन्तर्गत ग्राहकहरूले आफ्नै घरबाट एक्सपेङ जी६ को परीक्षण सवारी गर्न सक्नेछन्। यस सुविधामार्फत घरमै बसेर एक्सपेङ जी६ को प्रविधि, आराम तथा विद्युतीय सवारी चलाउँदाको अनुभव लिन सकिनेछ ।
विशेष योजनाअन्तर्गत ६.६ किलोवाट क्षमताको घरायसी चार्जर, एक वर्षको बीमा र एक आर्थिक वर्षको सडक कर समेत उपलब्ध हुनेछ । यी सुविधाले एक्सपेङ जी६ खरिद गर्ने ग्राहकको अनुभवलाई थप सहज बनाउने कम्पनीले जनाएको छ ।
चाडपर्वको उत्सवसँगै आफ्नो सवारी अनुभवलाई पनि नयाँ स्तरमा पुर्याउन चाहने ग्राहकका लागि एक्सपेङ जी६ ले आधुनिक, स्मार्ट तथा प्रिमियम विद्युतीय सवारीको नयाँ अनुभव प्रदान गर्नेछ।









प्रतिक्रिया दिनुहोस्