Skip to content

भारतले नेपालमा ‘अफशोर’ आईआईटी क्याम्पस स्थापना गर्ने

nabil
global ime

काठमाडौं । भारतले नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को ‘अफशोर’ क्याम्पस स्थापना गर्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको दुईदिने भारत भ्रमणका क्रममा नेपाल र भारतबीच यससम्बन्धी सहमति भएको हो ।

भ्रमणका क्रममा जारी सहमतिअनुसार भारतले नेपालमा आईआईटी क्याम्पस स्थापना गर्नेछ । यसले नेपालको उच्च शिक्षा तथा प्राविधिक शिक्षाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनुका साथै दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जनामा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नेपाललाई भारतले उपलब्ध गराउँदै आएको विकास तथा क्षमता अभिवृद्धिसम्बन्धी सहयोगलाई थप विस्तार गर्ने विषयमा पनि दुवै देशका नेताहरूबीच सहमति भएको छ।

त्यसैगरी, दुवै नेताहरूले स्टार्टअप, डिजिटल प्रविधि तथा वित्तीय कनेक्टिभिटीलगायतका क्षेत्रमा नेपाल र भारतबीच बढ्दै गएको सहकार्यप्रति स्वागत गरेका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T