काठमाडौं । भदौ ८ गते देखि निरन्तर आएको हावाहुरी सहितको वर्षा र देशका धेरै स्थानमा गएको बाढी पहिरोका कारण कतिपय स्थानमा टेलिफोन सेवा अवरुद्ध भएका छन् ।
भारी वर्षा र पहिरोको कारणले यात्रामा भएको कठिनाई, अप्टिकल फाइबरमा भएको क्षति, विद्युत आपूर्तिमा भएको अवरोध तथा हिमपात, वर्षात् र वादलका कारण सोलार साइटको न्यून प्रभावकारिताका कारण सेवा अवरुद्ध भएको हो ।
प्राविधिक रुपमा सिस्टमबाट गर्न सकिने मर्मत सम्भारका कार्य तथा सम्भव भएका स्थानमा सेवाको मर्मतकार्य निरन्तर भइरहेको छ। मौसममा हुने सुधार क्रमसँगै सम्बन्धित कार्यस्थलमा खटिने गरी प्राविधिकहरु तयारी अवस्थामा रहेको जनाइएको छ।









प्रतिक्रिया दिनुहोस्