Skip to content

सिजीको ‘भरोसा नेपालीको, उत्सव दशैं–तिहारको’ विशेष चाडपर्व योजना सार्वजनिक

काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो वार्षिक अभियान ‘अनुभव गरौँ जीवन, सिजीसँग’ अन्तर्गत बडादशैं तथा तिहारको अवसर पारेर स्मार्ट घरायसी उपकरणमा ‘भरोसा नेपालीको, उत्सव दशैं–तिहारको’ विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ ।

उपभोक्तालाई अत्याधुनिक प्रविधिसँगै चाडपर्वको अवसरमा आकर्षक उपहार प्रदान गर्ने उद्देश्यले कम्पनीले यो योजना ल्याएको हो ।

यस योजनाअन्तर्गत ग्राहकले सिजी तथा सिजी मेरिडियाका स्मार्ट घरायसी उपकरण खरिद गर्दा भाग्यशाली चिठ्ठामार्फत विभिन्न आकर्षक उपहार जित्न सक्नेछन् ।

योजनाका प्रमुख आकर्षणहरूमा भियतनाम भ्रमण वा मेघौली सेराई भ्रमण जित्ने बम्पर भाग्यशाली चिठ्ठा रहेको छ । त्यस्तै, प्रत्येक १५ दिनमा हुने भाग्यशाली चिठ्ठामार्फत विजेताले कुनै पनि पाँचवटा घरायसी उपकरणको समूह जित्न सक्नेछन् ।

योजनामा सहभागी हुन ग्राहकले सिजीका स्मार्ट घरायसी उपकरण खरिद गरेपछि सम्बन्धित क्युआर सङ्केत स्क्यान गरी भाग्यशाली चिठ्ठाका लागि सहजै दर्ता गर्न सक्नेछन् ।

सिजीको ‘अनुभव गरौँ जीवन, सिजीसँग’ वार्षिक अभियानले उपभोक्ताको जीवनशैलीलाई सहज, सुविधाजनक र आधुनिक बनाउने उद्देश्यमा जोड दिँदै आएको कम्पनीले जनाएको छ । यही अभियानअन्तर्गतको प्रिमियम हस्ताक्षर शृङ्खला ‘सिजी मेरिडिया’ ले अत्याधुनिक प्रविधि र विलासिताको संयोजनमार्फत घरको सौन्दर्य बढाउँदै उच्चस्तरीय कार्यक्षमता र प्रिमियम अनुभव प्रदान गर्दै आएको कम्पनीको भनाइ छ ।

चार दशकभन्दा बढी समयदेखि नेपाली उपभोक्ताको विश्वास जित्दै आएको सिजी इलेक्ट्रोनिक्सका उत्पादन देशभर रहेका २२ वटा अत्याधुनिक सिजी डिजिटल तथा ६ वटा एलजी ब्रान्ड पसलका शोरुम, कम्पनीका आधिकारिक वेबसाइट तथा आधिकारिक बिक्री केन्द्रबाट खरिद गर्न सकिनेछ ।

ग्राहकलाई बिक्रीपछिको सेवा अझ छिटो, सहज र सुविधाजनक बनाउन कम्पनीले ‘सिजी केयर्स’ नामक मोबाइल अनुप्रयोग पनि सञ्चालनमा ल्याएको छ । उक्त डिजिटल अनुप्रयोग तथा देशभर रहेका ४० वटा सेवा केन्द्रमार्फत कम्पनीले ग्राहकलाई भरपर्दो बिक्रीपछिको सेवा प्रदान गर्दै आएको जनाएको छ ।

कम्पनीका अनुसार उक्त चाडपर्व योजना भदौ २६ गतेदेखि सीमित अवधिका लागि देशभर लागू भइसकेको  छ ।

थप जानकारीका लागि सिजी केयर्सको निःशुल्क टेलिफोन नम्बर १६६–००–१०२–२११ वा १६६–००–१००–२११ मा सम्पर्क गर्न सकिनेछ। साथै, थप सहज सेवाका लागि प्लेस्टोर वा एपस्टोरबाट ‘सिजी केयर्स’ मोबाइल अनुप्रयोग डाउनलोड गर्न सकिने कम्पनीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima