Skip to content

राष्ट्रिय महिला पबजी मोबाइल च्याम्पियनसिप २०२६ को फाइनल हुँदै, विजेतालाई १ हजार डलर पुरस्कार

काठमाडौं । नेपालमा महिला ई–स्पोर्ट्स खेलाडीहरूको प्रतिभा र क्षमता प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको राष्ट्रिय महिला पबजी मोबाइल च्याम्पियनसिप २०२६ को फाइनल प्रतिस्पर्धा आज काठमाडौँको महाराजगञ्जस्थित शुभ इन्टरटेन्मेन्टमा हुँदैछ।

म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘पावरप्याक्ड’ ऊर्जासँगै आयोजना भइरहेको प्रतियोगिताको फाइनलमा महिला खेलाडीहरूबीच रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

कुल २४ महिला टोलीको सहभागिताबाट सुरु भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै १६ टोली फाइनल चरणका लागि छनोट भएका छन्। आज हुने फाइनलमा यी १६ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको कुल पुरस्कार राशि १ हजार अमेरिकी डलर रहेको छ। विजेता टोलीले उपाधिसँगै प्रतियोगिताको मुख्य पुरस्कार प्राप्त गर्नेछ।

महिला ई–स्पोर्ट्सको विकास, नयाँ प्रतिभाको पहिचान तथा खेलाडीहरूलाई राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले नेपालमा महिला ई–स्पोर्ट्स खेलाडीहरूको प्रतिभा र सम्भावनालाई थप उजागर गर्ने अपेक्षा गरिएको छ।

फाइनल प्रतिस्पर्धामा म्याक्स टाइगरको ‘पावरप्याक्ड’ एनर्जीले खेलाडीहरूको उत्साह र प्रतिस्पर्धात्मक माहोललाई थप ऊर्जावान बनाउने आयोजकको विश्वास छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima