Skip to content

सानिमा बैंकको १० प्रतिशत नगद लाभांश पारित

काठमाडौं । सानिमा बैंक लिमिटेडको २२औँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश वितरणसम्बन्धी प्रस्ताव पारित गरेको हो ।

सभाले आर्थिक वर्ष २०८२÷८३ को साधारण सेयर पुँजीको १० प्रतिशत नगद लाभांश (करसहित) र अग्राधिकार सेयर पुँजीको ८.२५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यस्तै, साधारण सेयरधनीको तर्फबाट तेजबहादुर चन्द र महेश घिमिरे सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन् ।

बैंकले आर्थिक वर्ष २०८२÷८३ मा ३ अर्ब ५५ करोड रूपैयाँ खुद मुनाफा आर्जन गरेको जनाएको छ । सो अवधिको अन्त्यसम्म बैंकको कुल सम्पत्ति २ खर्ब ९१ अर्ब २१ करोड, कुल निक्षेप २ खर्ब ४९ अर्ब ९३ करोड र खुद कर्जा सापटी २ खर्ब ३ अर्ब ९९ करोड रूपैयाँ पुगेको छ ।

आर्थिक वर्ष २०८१÷८२ को तुलनामा बैंकको निक्षेप १०.८४ प्रतिशत, कर्जा सापटी ११.१९ प्रतिशत र कुल सम्पत्ति १०.५० प्रतिशतले वृद्धि भएको छ ।

असार मसान्त २०८३ सम्म बैंकको निष्क्रिय कर्जा अनुपात २.८७ प्रतिशत, पुँजीकोष १२.८३ प्रतिशत, तरलता ३०.६८ प्रतिशत तथा कर्जा–निक्षेप अनुपात (मासिक औसत) ८०.७७ प्रतिशत रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima