काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
सोमबार न्यायाधीश उद्धवप्रसाद गजुरेलको इजलासले प्रसाईंलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
प्रसाईंलाई सोमबार साइबर ब्युरोको टोलीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । उनी यसअघि पनि विभिन्न मुद्दामा पटक–पटक पक्राउ पर्दै छुट्दै आएका थिए ।









प्रतिक्रिया दिनुहोस्