काठमाडौं । चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।
आज दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नबिल बैंक, गरिमा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सेयरधनीलाई गत आवको नाफाबाट ५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
यस्तै नबिल बैंकले गत आवको नाफाबाट ५ प्रतिशत बोनस र कर सहित १०.८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यस्तै गरिमा विकास बैंकले गत आवको नाफाबाट २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १० र नगद कर सहित १० प्रतिशत रहेको छ ।
यस्तै रिलायन्स स्पिनिङ्ग मिल्सले सेयरधनीलाई ३० प्रतिशत कर सहित नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यी कम्पनीहरुले साधारण सभाका लागि असोज १४ गते बुकक्लोज गर्दैछन् । जसले गर्दा आजसम्म काषम रहेका सेयरधनीले साधारण सभामा भाग लिनुका साथै लाभांश पाउनेछन् ।









प्रतिक्रिया दिनुहोस्