काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेललाई सन्चारकर्मीहरुले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र व्यवसायी दुर्गा प्रसाईंलाई रातारात समाउने सरकारले जीबी राईलाई किन समाउन नसकेको भन्दै प्रश्न गरेका छन् ।
आज मंगलबार मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा उनलाई सन्चारकर्मीहरुले यस्तो प्रश्न गरेका हुन् । सहकारी ठगीमा मुछिएका राई लामो समयदेखि देशमा छैनन् ।
उनै राईलाई किन समाउन नसकेको भन्ने प्रश्नमा उनले जवाफ दिन चाहेका थिएनन् । पटक-पटक जवाफ दिनबाट भाग्न खोजेका सरकारका प्रवक्ता पोखरेललाई पटक-पटक प्रश्न सोधेपछि हाँस्दै राई कहाँ छन् ? भन्दै प्रतिप्रश्न गरे । ”जिवी राई कता हुनुहुन्छ ? ठाउँ थाहा भएन, उहाँलाई प्रहरीले अनुसन्धान गरिरहेकै छ उहाँको बारेमा ।” भन्दै थप जवाफ नदिइ हिडेका छन् ।









प्रतिक्रिया दिनुहोस्