काठमाडौं। सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्सले दसैं–तिहार लक्षित विशेष योजना ‘उत्सव नयाँ, राइड नयाँ’ सार्वजनिक गरेको छ।
कम्पनीले बुधबार जारी गरेको विज्ञप्तिअनुसार योजनाअन्तर्गत सुजुकीका नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले १ लाख रुपैयाँसम्म नगद छुट वा एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन्।
देशभर लागू हुने उक्त योजना चाडपर्वको अवसरमा नयाँ दुईपांग्रे सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी ल्याइएको कम्पनीले जनाएको छ।
योजनाअन्तर्गत नगद छुट वा एक्सचेन्ज बोनसका साथै ग्राहकले ३६ महिनासम्म शून्य ब्याजदरमा फाइनान्सिङ सुविधा तथा कम ईएमआईको लाभ लिन सक्नेछन्। कम्पनीका अनुसार नागरिकता भएका ग्राहकका लागि यो सुविधा उपलब्ध हुनेछ भने सम्बन्धित सर्त तथा नियमहरू लागू हुनेछन्।
यो अफर सुजुकीका लोकप्रिय मोडलहरू भि–स्ट्रोम २५० एसएक्स, एक्सेस १२५, एभेनिस १२५, बर्गम्यान स्ट्रिट १२५ तथा जिक्सर १५५ मा लागू हुने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार चाडपर्वको समयमा ग्राहकलाई नयाँ सवारीसाधन खरिदमा आर्थिक भार कम गर्दै सहज फाइनान्सिङ सुविधा उपलब्ध गराउने उद्देश्यले योजना सञ्चालन गरिएको हो।
‘उत्सव नयाँ, राइड नयाँ’ योजना देशभर रहेका सुजुकीका आधिकारिक डिलरमार्फत उपलब्ध हुनेछ। ग्राहकले नजिकको डिलरमा पुगेर उपलब्ध मोडल, नगद छुट, एक्सचेन्ज बोनस तथा फाइनान्सिङ सुविधाबारे थप जानकारी लिन सक्ने कम्पनीले जनाएको छ।
सुजुकीले नेपाली बजारमा दैनिक प्रयोगदेखि लामो दूरीको यात्रा तथा एडभेन्चर राइडिङका लागि विभिन्न श्रेणीका मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको छ। कम्पनीले चाडपर्व अवधिभर उपलब्ध विशेष सुविधाको लाभ लिन ग्राहकलाई आग्रह गरेको छ।









प्रतिक्रिया दिनुहोस्