काठमाडौं । संघीय संसद्को अर्थ समितिले नेपालको पूँजी बजार सुधार तथा आईपीओ निष्काशन प्रक्रियालाई व्यवस्थित बनाउन नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई दुई निर्देशन दिएको छ।
समितिले पूँजी बजारलाई आधुनिक, प्रविधिमैत्री, व्यवस्थित, पारदर्शी, विश्वसनीय तथा लगानीमैत्री बनाउन आवश्यक कानुनी तथा नीतिगत सुधार गर्न निर्देशन दिएको हो ।
समितिले धितोपत्र निष्काशन, सूचीकरण, बजार सञ्चालन तथा नियमन र लगानीकर्ताको हित संरक्षणमा सम्बन्धित निकायको भूमिका, जिम्मेवारी र जवाफदेहिता स्पष्ट हुने गरी नयाँ धितोपत्रसम्बन्धी विधेयक तर्जुमा गरी संघीय संसद्मा तत्काल प्रस्तुत गर्न अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको छ ।
यसैगरी, कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्काशनको अनुमति दिनुअघि कम्पनीको पूँजी पर्याप्तता, प्रविधि, नेटवर्थ, वासलात, प्रतिफललगायतका आधारमा स्तरीकरण तथा प्राथमिकीकरण गरी अनुमति प्रदान गर्न बोर्डलाई निर्देशन दिएको छ ।
समितिले संस्थापकले धारण गर्नुपर्ने सेयर स्वामित्वसम्बन्धी व्यवस्थासमेत पुनरावलोकन गर्न धितोपत्र बोर्डलाई निर्देशन दिएको छ ।









प्रतिक्रिया दिनुहोस्