Skip to content

धितोपत्र बोर्डका अध्यक्ष डा. भट्टलाई सांसद गेलालले झपारे, ‘टीका लगाएर आउँनु भएको छ, नीति बनाउन आउँदैन भने सक्दिन भनेर बस्दा हुन्छ’

काठमाडौं । सांसद पारसमणी गेलालले धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्टलाई झपारेका छन् । बुधबार अर्थ समितिको बैठकमा सेयर बजारका विषयमा भएको छलफलका क्रममा उनले बोर्ड अध्यक्ष डा भट्टलाई झपारेका हुन् ।

समितिको बैठकमा उनले सरकारको नीति भन्दा सेबोन बिपरित रहेर नीति बनाएको बताए । प्रधानमन्त्री वालेन्द्र शाहले भर्खरै धेरै उद्योगी, व्यापारी, व्यवसायीलाई भेटेर लगानी गर्नु भनेको र त्यस लगत्तै सेबोनले १ प्रतिशत भन्दा बढी लगानी गर्न नपाउने नीति लिएको भन्दै सांसद गेलाल रुष्ट बने ।

“अर्थमन्त्रीले विदेशी लगानीकर्तालाई नेपालमा लगानी भित्र्याउनु भनिरहनु भएको छ । म पनि युरोपमा गएर लगानी गर्नु भनेर आएको छ” उनले भने “तर नेपालमा भने बन्द कोठाभित्र अर्को चाल चलिरहेको रहेछ ।’ उनले थपे “बन्द कोठाभित्र चाल चलिरहेको छ यहाँ, के चलिरहेको छ थाहा हुँदैन । १ प्रतिशत भन्दा बढी लगानी गर्न पाँदैन भनेर नीति पास हुन्छ । त्यो कसको आईडीया हो ? कसले गराउँछ, त्यसले लगानी आउँदैन । कुनै पनि युरोपमा बस्ने नेपालीले लगानी ल्याउँदैन ।”

उनले समितिको बैठकमा १ प्रतिशत मात्रै लगानी गर्ने भनेको के हो भन्दै प्रश्न गरे । “लगानी गर पनि भन्ने, पैसा चाँइदैन भने भन्ने” उनले सोधे “ कि तपाईहरुले नबुझेको हो की ?” विश्वले जसरी पनि लगानी गर भन्ने तर नेपालमा जसरी पनि लगानी गर भन्ने अनी लगानी गर्न खोज्दा टाइट गर्ने गरेको उनको भनाइ छ । नेपालमा हात खुृट्ट बाधेर पैसा हुनेलाई लगानी गर्न रोकेको उनको दाबी छ ।

“यो साइकोलोजिकल रुपमा नेपाल विकास नहोस भन्ने चाहना हो की, त्यो बन्द कोठामा कसले त्यस्तो मिठो आईडीया दिन्छ ? भन्दै प्रश्न गरे । सरकार, सांसद नै देशमा लगानी गर्नुपर्यो भनेर खुटा ढोगिरहने, नीति ल्याउने बेला १ प्रतिशत भन्दा हुँदैन भनेर समातेको दाबी गरे । यो विषयमा मिहिन ढंगले अध्ययन गरिरहेको स्मरण गराए । लगानीलाई हतोत्साहित गर्ने काम नगर्न आग्रह गरे ।

“अघिल्लो दिन प्रधानमन्त्री वालेन्द्र शाहले उद्योगी, व्यापारी, व्यवसायीलाई भेटेर लगानी गर्नु भनेर भनिरहनु भएको छ” उनले भने “यता रातारात १ प्रतिशत भन्दा बढी लगानी गर्न पाँदैन भनेर नीति आउँछ ।”

लगानीलाई रोक्ने वातावरण नबनाउन समेत आग्रह गरे । नीति सुधार गर्न तयार रहेको समेत स्मरण गरे । लगानी रोकेर एकतर्फी रुपमा नीति ल्याउन सम्भव नहुने उनको तर्क छ । “यस्तै हो भने अब मलाई नीति बनाउन आँउछ भनेर नीति बनाउने ठाँउमा नजानु । आउँदैन भने सक्दिन भनेर बस्नु” सांसद गेलाले भने “यहाँकाले नसके विदेशी ल्याएर नीति बनाउँला ।“ नीति बनाउन सक्छु् भनेर गएपछि अडान लिएर काम गर्न आग्रह गरे ।

“म पनि धार्मिक मान्छे । मलाई लाग्छ अध्यक्ष ज्यू पनि धार्मिक मान्छे, टीका लगाएर आउनु भएको छ । सबैले सन्ततिको भविश्यको ख्याल गरौ । यहाँ अधिकांश धार्मिक हुनुहुन्छ । अगाडी भगवानलाई पुजेर मात्रै हुँदैन । भगवान पुज्नु भनेको देश बन्नु हो ।”

उनले लगानीलाई प्रमोट नगरी देश बन्न नसक्ने दाबी गरे । “लगानी गर भन्ने हो भने नीगित रुपमा लेख्ने मान्छेले प्रष्ट वातावरण बनाउनु पर्छ । ब्लक गर्ने हो भने लगानी नगर भन्ने हो” उनले भने । रास्वपाका सांसदहरुले के काम भइरहेको छ भनेर मिहिन रुपमा सबैको बारेमा अध्ययन गरेको जानकारी गराए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima