Skip to content

यी हुन् आईसिएफसी फाइनान्सका ठूला २९ सेयरधनी, कसको स्वामित्व कति ?

काठमाडौं । आईसिएफसी फाइनान्सको ठूला सेयरधनीमा विभिन्न २९ व्यक्ति तथा कम्पनी रहेका छन् ।

कम्पनीमा सबैभन्दा धेरै सेयर स्वामित्व पुरुषोत्तम पौड्यालको रहेको छ । उनको ५.१३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
यस्तै सुशील कुमार पन्तको ४.४३ प्रतिशत, युनाइटेड डिस्ट्रिब्युटर्स नेपाल प्रा. लिको ३.५३ प्रतिशत, रामबाबु पन्तको २.३७ प्रतिशत, राजेश उपाध्यायको २.२२ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै दावा याङजोमको १.८१ प्रतिशत, शिव ट्रेड इन्टरनेशनल ट्रेडर्सको १.७४ प्रतिशत, कन्टिनेन्टल मार्केटिङ प्रा. लिको १.४२ प्रतिशत, गोपाल प्रसाद दाहालको १.१६ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै फाइनान्समा बोधप्रसाद त्रिपाठी ०.९९ प्रतिशत, मनोरमा पन्तको ०.९० प्रतिशत, सौरभ पन्तको ०.८६ प्रतिशत, श्री गणेश प्रोपर्टिज एण्ड इन्भेस्टमेन्टमा ०.८५ प्रतिशत, गोविन्द शर्मा पोखरेलको ०.८५ प्रतिशत, प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा. लिको ०.७८ प्रतिशत र सरिता ओझा न्यौपानको ०.७७ प्रतिशत सेयर स्वामित्व छ ।

यस्तै मनश घिमिरे (सर्वसाधारण) को ०.७५ प्रतिशत, सुलभ नाथ पन्तको ०.७४ प्रतिशत, सुहृदराज घिमिरेको ०.६८ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) को ०.६३ प्रतिशत, हेमन्त नाहटाको ०.६१ प्रतिशत, एन.आइ.बि.एल. सहभागिता फण्ड (सर्वसाधारण) को ०.५९ प्रतिशत, गोकुल प्रसाद भट्टराईको ०.५८ प्रतिशत, राजु पन्तको ०.५४ प्रतिशत, मानबहादुर भुसालको ०.५३ प्रतिशत, दिनेश अर्यालको ०.५१ प्रतिशत, अम्बिका प्रसाद पौडेलको ०.५१ प्रतिशत, सरस्वती श्रेष्ठको ०.५० प्रतिशत र सीताराम थपलियाको ०.५० प्रतिशत रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima