प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव हेमराज अर्यालले प्रधानमन्त्रीले संसदलाई उपेक्षा नगरेको बताएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भदौ १० गते संसदमा प्रश्नोत्तरका लागि प्रधानमन्त्रीको जवाफसमेत तयार रहेको बताए ।
तर सोही समयमा भोटेकोशीमा बाढी आएपछि प्रधानमन्त्री संसदमा उपस्थित हुन नसकेको अर्यालले जानकारी दिए । उनका अनुसार आवश्यकताअनुसार प्रधानमन्त्री आफैँ संसदमा जाने र समय नमिलेको अवस्थामा सम्बन्धित मन्त्रीमार्फत सरकारको प्रतिनिधित्व गराउने गरिएको छ ।
“प्रधानमन्त्री आवश्यक परेको बेला संसद जानुभएको छ। समय नमिल्दा अन्य मन्त्रीलाई पठाउनुभएको छ,” अर्यालले भने, “भदौ १० गते प्रधानमन्त्रीले संसदमा जवाफ दिन प्रश्नोत्तरका लागि तयारीसमेत गर्नुभएको थियो। तर भोटेकोशीमा बाढी आयो।”
प्रधानमन्त्रीको संसदमा अनुपस्थितिलाई संसदप्रतिको उपेक्षाका रूपमा बुझ्न नहुने उनको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्