काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रास्वपाका उपसभापतिदेखि तलसम्मका नेताहरुलाई राम्रोसँग प्रशिक्षित गरेर पठाएको बताएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले महाधिवेशनमा यस्तो बताए ।
”अघि नै रवि लामिछाने जीले एउटा प्रंसग उठाउनु भएको छ, थुप्रै यहाँ भएका साथिहरुले मत हाल्नु भयोकी भनेर भन्नु भएको छ” उनले भने ”हामीले त मतदाता मात्रै होइन त्यो संसदभित्र हेर्नु भयो भने ४०-५० जना साथीहरुलाई प्रशिक्षित गरेर पठाएका छौं । त्यसैले
चिन्ता पनि त्यसका बारेमा होइन । हाम्रो पार्टीमा भनेको होइन । रास्वपामा उपसभापतिदेखि तलसम्म हिजो कांग्रेसको मन्चमा ताली बजाएर गएका साथीहरु थुप्रै हामीले प्रशिक्षित गरेर पठाएका छौ । राम्रो राम्रो सिकाएका छौ ।”
सांसदहरूले संसदमा जनताको आवाज उठाउने, सरकारलाई प्रश्न गर्ने र नीतिनिर्माणमा प्रभावकारी भूमिका खेल्नुपर्ने उनको भनाइ थियो। जनताले दिएको मतलाई केवल निर्वाचन जित्ने आधारका रूपमा नभई जिम्मेवारीका रूपमा लिनुपर्ने उनले बताए।
थापाले कांग्रेसले अब निराशा र निन्दाको राजनीतिबाट बाहिरिनुपर्ने बताए। सामाजिक सञ्जालमा आलोचना गर्ने, अरूलाई दोष दिने वा विगतका कमजोरी मात्र गन्नेभन्दा आफ्नो काम र परिणामबाट कांग्रेसको पहिचान स्थापित गर्नुपर्ने उनको भनाइ थियो।
‘एउटा संकल्प गरौँ– निराश र निन्दक भएर होइन, कर्मबाट, आफ्नो पहिचानबाट स्थापित गर्नेगरी संकल्प गर्नेछौँ,’ उनले भने।
उनले कांग्रेसको आगामी यात्रा जनतासँग जोडिएको हुनुपर्ने बताए। पार्टीभित्र लोकतान्त्रिक संस्कार बलियो बनाउने, जनताका प्रश्न सुन्ने, युवाका अपेक्षा सम्बोधन गर्ने, रोजगारी सिर्जना गर्ने र आर्थिक विकासलाई प्राथमिकता दिने गरी कांग्रेस अघि बढ्नुपर्ने उनको भनाइ थियो।









प्रतिक्रिया दिनुहोस्