काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेसका सभापति गगन थापालाई पार्टी भित्र बसेर कचकच गर्ने गनगन गर्नेलाई फकाउनु भन्दा छोडिदिँदा राम्रो हुने सुझाव दिएका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले यस्तो सुझाव दिएका हुन्।
‘कहिलेकाँकी पार्टीमा बसेर सधै कचकच गर्ने,सँधै गनगन गर्ने, हैरान पार्ने, फकाउँदा फकाउँदा सम्पूर्ण शक्ति नष्ट गरिदिने साथीहरुलाई फकाउँनु भन्दा छोडकेकै राम्रो हुन्छ कहिलेकाँही ” उनले भने ”यति भनेर मैले गगनजीलाई दोस्रो गुन लगाएको छु ।
मान्नेनमान्ने तपाईको जिम्मा ।”
उनले कांग्रेसको लामो राजनीतिक इतिहासको सम्मान गर्दै पार्टीले अब नयाँ पुस्ता र नयाँ राजनीतिक परिस्थितिअनुसार अघि बढ्नुपर्ने बताए। कांग्रेसको इतिहास उसको ठूलो शक्ति भएको भन्दै उनले त्यसबाट पाठ सिकेर नयाँ यात्रामा अघि बढ्नुपर्ने धारणा राखे।









प्रतिक्रिया दिनुहोस्