Skip to content

समावेशी समूहबाट कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको उम्मेदवारी दर्तामा उद्यमी विनोद चौधरीले उपसभापति पदमा उम्मेदवारी दिएका छन्। उनले समावेशी समूहबाट उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता भइरहेको छ । नयाँ नेतृत्व चयनका लागि महाधिवेशनमा ७ हजार १ सय १४ प्रतिनिधिले मतदान गर्नेछन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण तथा उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढाएको छ ।

विभिन्न पदमा उम्मेदवारी दर्ता गराउने क्रम जारी रहेकाले राष्ट्रिय सभागृहमा उम्मेदवार तथा महाधिवेशन प्रतिनिधिहरूको चहलपहल बढेको छ । नयाँ नेतृत्वका लागि विभिन्न समूह र नेताहरूले आफ्नो उम्मेदवारी घोषणा तथा दर्ता गर्ने क्रम जारी राखेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima