काठमाडौं । नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईमा आयोजित टिभिएस मोटर कम्पनीको आफ्टर–सेल्स सम्मेलनमा दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ।
पाम जुमेराहस्थित ताज रिसोर्टमा सम्पन्न सम्मेलनमा टिभिएस मोटरका विभिन्न देशका अन्तर्राष्ट्रिय वितरकहरूको सहभागिता रहेको थियो। सोही अवसरमा जगदम्बा मोटर्सलाई ‘ओभरअल सर्भिस बेस्ट पर्फर्मेन्स’ र ‘बेस्ट म्यानुफ्याक्चरिङ युनिट–एसिया’ गरी दुई अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ।
विश्वका विभिन्न देशका वितरक सहभागी अन्तर्राष्ट्रिय मञ्चमा नेपालले प्राप्त गरेको यो सम्मानले नेपालको टिभिएस आफ्टर–सेल्स सेवाको स्तरलाई समेत अन्तर्राष्ट्रिय रूपमा स्थापित गरेको कम्पनीको दाबी छ।
विशेषगरी ‘ओभरअल सर्भिस बेस्ट पर्फर्मेन्स’ अवार्डले जगदम्बा मोटर्सको वर्कसप, दक्ष तथा तालिमप्राप्त प्राविधिक, वास्तविक स्पेयर पार्ट्सको उपलब्धता र ग्राहक सेवासहितको सम्पूर्ण सर्भिस नेटवर्कलाई टिभिएस परिवारअन्तर्गत उत्कृष्टमध्ये एकका रूपमा मूल्यांकन गरेको जनाइएको छ।
यस सम्मानले नेपाली टिभिएस प्रयोगकर्ताले नेपालमै प्राप्त गरिरहेको सेवा टिभिएसको अन्तर्राष्ट्रिय नेटवर्कमा उपलब्ध विश्वस्तरीय सेवासरह रहेको देखाएको कम्पनीको भनाइ छ।
उपलब्धिबारे जगदम्बा मोटर्सकी निर्देशक दीपा अग्रवालले यो सम्मान ग्राहकको विश्वास र सेवा टोलीको निरन्तर मेहनतको परिणाम भएको बताए ।
“यो सम्मान वर्षौंदेखि हामीमाथि विश्वास गर्दै आएका हाम्रा ग्राहक र त्यो विश्वास कायम राख्न हरेक दिन मेहनत गर्ने हाम्रो सेवा टोलीको उपलब्धि हो। ‘ओभरअल सर्भिस बेस्ट पर्फर्मेन्स’ अवार्ड प्राप्त हुनु भनेको नेपाली ग्राहकले आफ्नै देशमा विश्वस्तरीय सेवा पाइरहेका छन् भन्ने प्रमाण हो,” उनले भने ।
जगदम्बा मोटर्सले दक्ष तथा तालिमप्राप्त प्राविधिक, वास्तविक स्पेयर पार्ट्स, पारदर्शी सेवा तथा देशभर फैलिएको नेटवर्कमार्फत छिटो र प्रभावकारी ग्राहक सेवा प्रदान गर्दै आएको जनाएको छ ।
कम्पनीका अनुसार जगदम्बा मोटर्स नेपालका प्रतिष्ठित व्यावसायिक घरानामध्ये एक शंकर ग्रुपको सदस्य कम्पनी हो । शंकर ग्रुपले गुणस्तर, इमानदारी र दीर्घकालीन ग्राहक सम्बन्धलाई प्राथमिकता दिँदै आएको छ। यही मूल्य–मान्यताले जगदम्बा मोटर्सको सेवा मापदण्डलाई समेत निरन्तर मार्गदर्शन गर्दै आएको कम्पनीको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्