Skip to content

सडक डिभिजन कार्यालय भरतपुर भन्छ– ‘ नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन सञ्चालनमा छ’ 

काठमाडौं । वर्षा भइरहे पनि मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन सञ्चालनमा रहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
सडक डिभिजन कार्यालय भरतपुरले वर्षाका कारण सडकमा जोखिम हुन सक्ने भएकाले सवारी चालकलाई सावधानी अपनाउन आग्रह गरेको छ। कार्यालयले सवारीसाधन चलाउँदा लेन अनुशासन कायम गरी सुरक्षित रूपमा यात्रा गर्न अनुरोध गरेको छ।
वर्षाका कारण सडक चिप्लो हुन सक्ने भएकाले तीव्र गतिमा सवारी नचलाउन तथा आवश्यक सतर्कता अपनाउनसमेत कार्यालयले आग्रह गरेको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima