काठमाडौं । दक्षिण कोरिया पठाइदिने भन्दै दुई वर्षदेखि अलपत्र पारेको आरोपमा प्रहरीले एक कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गरेको छ।
आफ्नो छोरालाई कोरिया पठाइदिने भन्दै लामो समयदेखि अलपत्र पारेको आरोप लगाउँदै एक महिलाले प्रधानमन्त्री र गृहमन्त्रीसमक्ष सामाजिक सञ्जाल टिकटकमार्फत कारबाहीको माग गरेकी थिइन् । उक्त भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको हो ।
अनुसन्धानका क्रममा प्रहरीले न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक गणेश पाण्डेलाई पक्राउ गरेको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–११ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्दै आएका २८ वर्षीय पाण्डेलाई प्रहरीले असोज २० गते रानीबारी चोकबाट नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार पाण्डेविरुद्ध ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको छ । घटनामा थप व्यक्तिहरूको संलग्नता तथा पीडितबाट लिइएको रकमलगायत विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्