काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई १ करोड ७२ लाख ६७ हजार ३२४ रुपैयाँ तलब भत्ता बापत भुक्तानी गरेको छ । उक्त रकम बैंकले दुई सीईओलाई भुक्तानी गरेको हो ।
बैंकले वार्षिक बिदा भत्ता, सवारी साधन भत्ता बापत भुक्तानीबापत सुन्दर प्रसाद कँडेललाई ८९ लाख १५ हजार ९२४ रुपैयाँ भुक्तानी गरेको छ । यस्तै बैंकले सीईओ रामेश्वर प्रसाद बस्याललाई ८३ लाख ५१ हजार ४०० रुपैयाँ भुक्तानी गरेको छ ।
बैंकले सीईओ कँडेललाई तलब बापत ४८ लाख ४९ हजार ८४५ रुपैयाँ, भत्ता बापत १६ लाख ६४ हजार ८२७, दशैं भत्ता बापत १२ लाख ३४ हजार ३९६ रुपैयाँ, बार्षिक बिदा भत्ता बापत ४ लाख ५० हजार रुपैयाँ र सवारी साधान भत्ता बापत ७ लाख १६ हजार ८५५ रुपैयाँ भुक्तानी गरेको छ ।
यस्तै बैंकले सीईओ बस्याललाई तलब बापत ५१ लख ५८ हजार ४०० रुपैयाँ, भत्ता बापत २१ लख ८ हजार, सवारी साधान भत्ता बापत १० लाख ८५ हजार रुपैयाँ भुक्तानी गरेको बैंकले जनाएको छ ।
बैंकले सीईओहरुलाई पत्रपत्रिका र इन्टरनेट महशुलको भुक्तानी–वार्षिक २५ हजार रुपैयाँ र टेलिफोन महशुलको भुक्तानी बापत मासिक ३ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
सवारी चालक, मर्मत सम्भार तथा ईन्धन उपलब्ध गराइको छ भने सवारी साधनको लागी सवारी कर्जा प्रदान गरिएको जनाइएको छ ।
व्यवस्थापकीय स्तरका पदाधिकारीहरूको हकमा कर्मचारी सेवा विनियमावली र मानव संसाधन नीतिमा व्यवस्था गरिए बमोजिम बोनसको सम्बन्धमा–बोनस ऐन अनुसार र सञ्चय कोष योगदानको सम्बन्धमा–श्रम ऐन अनुसार जीवन बीमा, औषधोपचार बीमा, दुर्घटना बीमा–बैंकको कर्मचारी सेवा विनियमावली र मानव संसाधन नीतिमा व्यवस्था गरिए बमोजिम रहेको जनाइएको छ । उक्त रकम तलब, भत्ता तथा सुविधाहरूमा प्रचलित कानुन अनुसार कर कट्टी गरेर मात्र भुक्तानी गर्ने व्यवस्था रहेको बैंकले जनाएको छ ।
यस्तै बैंकले गत आवमा सञ्चालकका लागि १ करोड २६ लाख ८६ हजार १४५ रुपैयाँ भुक्तानी गरेको छ । बैंकले सञ्चालकको भत्ताका लागि १८ लाख ६३ हजार रुपैयाँ भुक्तानी गरेको छ । यस्तै बैंकले सञ्चालकलाई होटल तथा दैनिक भ्रमण भत्ता बापत २६ लाख ६४ हजार २०२ रुपैयाँ, पत्रपत्रिका तथा सञ्चार बापन १० लाख ८० हजार, सञ्चालक स्तरीय समिति बैठक भत्ता बापत १० लाख ६ हजार, सञ्चालक समिति तालिम खर्च ५४ लाख ५७ हजार १०३ रुपैयाँ र अन्य खर्च ६ लाख १५ हजार ८४० रुपैयाँ खर्च भएको छ ।
बैंकले अध्यक्षलाई प्रति बैठक भत्ता २० हजार र सन्चालकलाई प्रति बैठक भत्ता १७ हजार दिने गरेको छ ।









प्रतिक्रिया दिनुहोस्