काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपाल भट्टलाई लगानीकर्ताका तीन प्रमुख संगठनले पूँजीबजार सुधारका लागि ३८ बुँदे सुझाव दिएका छन् । नेपाल इन्भेष्टर फोरम, नेपाल पुँजीबजार लगानीकर्ता संघ र सेयर लगानीकर्ता संघ नेपालले संयुक्त रूपमा बोर्डसमक्ष विभिन्न नीतिगत तथा संरचनागत सुधारका सुझाव प्रस्तुत गरेका हुन् ।
लगानीकर्ता संगठनहरूले आफ्ना सुझावलाई मुख्यतः ६ वटा विषयगत शीर्षकमा विभाजन गरी ३८ बुँदामा बोर्डसमक्ष पेस गरेका छन् । दोस्रो बजारमा स्वतन्त्र कारोबारदेखि आईपीओ तथा प्रमोटर सेयरको संरचना, बोनस तथा हकप्रदको मूल्य समायोजन, मार्जिन कारोबार, कारोबार फर्छ्योट तथा समग्र नियामकीय सुधारसम्मका विषय सुझावमा समेटिएका छन् ।
लगानीकर्ताले नेपालको पूँजीबजारलाई दिगो, पारदर्शी, प्रतिस्पर्धी तथा लगानीकर्ताको विश्वास अभिवृद्धि हुने गरी विकास गर्न विद्यमान नीति तथा कारोबार प्रणालीको समयानुकूल पुनरावलोकन आवश्यक रहेको बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्