काठमाडौं । सेयर बजारमा सामान्य सुधार आएको छ । निकै उतार चढाबकाबीच बजारमा सामान्य सुधार देखिएको हो ।
बजार मापन गर्ने सूचक २।३१ अ्रकले बढेर परिसूचक २५७४.६५ बिन्दुृ कायम भएको छ । ३५४ कम्पनीको १ करोड १२ लाख ३३ हजार ६३६ कित्ता सेयर ३ अर्ब ९३ करोड ५ लाख ६० हजार ९५२ रुपैयाँको सेयर कारोबार भएको छ ।
करोबारमा १४० कम्पनीको मूल्य बढेको छ भने १२७ कम्पनीको मूल्य घटेको छ । कारोबारमा होटल, जीवन बीमा, वित्त, माइक्रोफाइनान्स र अन्य समूहको उप समूहको सूचक घटेको छ भने बाँकीको बढेको छ । आजको कारोबारमा लगानीकर्ताको बढी ध्यान बैंकमा गएको छ ।
कारोबारमा कुथली बुखरी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै स्नो रिभर्स, चिरख्वा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने घलेम्दी, माबिलुङ इनर्जी लगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।









प्रतिक्रिया दिनुहोस्