काठमाडौं । हिमालय अर्गनाइजेसनअन्तर्गतको हिमालय मोटरक्स प्रालिले म्याक्सस ई–टेरोन ९ इलेक्ट्रिक पिकअपका लागि दशैं लक्षित विशेष योजना सार्वजनिक गरेको छ। कम्पनीले ‘दशैंको उमंग, म्याक्सससँग’ अभियानअन्तर्गत १ वर्ष निःशुल्क चार्जिङ र सहज फाइनान्सिङ सुविधासहितको योजना ल्याएको हो ।
योजनाअन्तर्गत म्याक्सस ई–टेरोन ९ खरिद गर्ने ग्राहकले एक वर्षसम्म निःशुल्क चार्जिङ सुविधा पाउनेछन् । कम्पनीका अनुसार यसले ग्राहकको सञ्चालन खर्च घटाउन सहयोग गर्नेछ ।
त्यस्तै, ग्राहकले २० प्रतिशत डाउन पेमेन्टमा गाडी खरिद गर्न सक्नेछन् भने अधिकतम ७ वर्षसम्मको ईएमआई सुविधा उपलब्ध हुनेछ । यो फाइनान्सिङ सुविधा काठमाडौंको हात्तीसारस्थित म्याक्ससको शोरुमबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
म्याक्सस ई–टेरोन ९ कम्फर्ट र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ । इलेक्ट्रिक पिकअपका रूपमा रहेको यो गाडीमा कारको जस्तो आराम, एसयूभी स्तरको सुविधा तथा अफरोड क्षमताको संयोजन गरिएको कम्पनीको भनाइ छ ।
गाडीमा फोर–ह्विल ड्राइभसहितको अल–ह्विल ड्राइभ प्रणाली रहेको छ । यसले विभिन्न सडक तथा भू–भागमा ट्र्याक्सन, स्थिरता र ह्यान्डलिङमा सहयोग गर्ने कम्पनीले जनाएको छ । गाडीमा १०२.२ किलोवाट आवर क्षमताको ब्याट्री प्रयोग गरिएको छ भने एकपटकको चार्जमा ५६० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ ।
त्यस्तै, ७०० एनएम टर्कले उकालो तथा कठिन भू–भागमा समेत आवश्यक शक्ति प्रदान गर्ने कम्पनीले जनाएको छ। गाडीमा एयर सस्पेन्सनसहित एसयूभी स्तरको आरामदायी यात्राको सुविधा रहेको बताइएको छ ।
कम्पनीका अनुसार म्याक्सस ई–टेरोन ९ को ब्याट्रीमा ८ वर्ष वा २ लाख किलोमिटरसम्म र मोटरमा ५ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध छ । दशैं योजनाअन्तर्गत गाडी खरिद गर्ने ग्राहकले १ वर्षको अटोप्लस बीमा तथा १ आर्थिक वर्षको सडक दस्तुरसमेत प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
हिमालय मोटरक्सका शोरुम म्यानेजर सुजन श्रेष्ठले दशैंलाई लक्षित गर्दै ग्राहकलाई सहज स्वामित्वको अवसर प्रदान गर्न योजना ल्याइएको बताए। उनका अनुसार एक वर्ष निःशुल्क चार्जिङ र सहज फाइनान्सिङसहितको योजनाले म्याक्सस ई–टेरोन ९ खरिदलाई थप सहज बनाउनेछ ।
म्याक्सस ई–टेरोन ९ को एसयूभी शैलीको आराम तथा सुविधाको प्रत्यक्ष अनुभव लिन इच्छुक ग्राहकले हिमालय मोटरक्सका आधिकारिक शोरुममा पुग्न सक्ने कम्पनीले जनाएको छ। योजनाका विस्तृत नियम तथा सर्तहरू आधिकारिक आउटलेटबाट प्राप्त गर्न सकिनेछ ।
हिमालय मोटरक्सले साइक ग्रुपअन्तर्गतका विद्युतीय सवारीसाधन नेपाली बजारमा बिक्री गर्दै आएको छ । कम्पनीले बिक्रीपछिको सेवा तथा ग्राहक सहयोगलाई समेत प्राथमिकतामा राखेको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्