काठमाडौं । माण्डू हाइड्रोपावर कम्पनीमा करिब दर्जन व्यक्ति तथा कम्पनी ठूला सेयरधनी रहेका छन् ।
कम्पनीमा सबैभन्दा धेरै सेयर सिचुआन हेचुआन इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको रहेको छ ।
कम्पनीमा सिचुआन हेचुआनको ४३.१२ प्रतिशत सेयर स्वामित्व रहेको छ । यस्तै महेश्वर प्रकाश श्रेष्ठको १०.०४ प्रतिशत, हिमालयन इन्फ्रास्ट्रक्चर फण्ड लि. ७.७३ प्रतिशत, रिजन श्रेष्ठको ५.५८ प्रतिशत, विनोद कुमार श्रेष्ठको ४.४० प्रतिशत सेयर स्वामित्व रहेको छ ।
पृथ्वी बहादुर पाँडेको ३.६७ प्रतिशत, लोटस इन्भेष्टमेन्ट प्रा. लि. को ३.६७ प्रतिशत, प्रतिमा पाँडेको १.४७ प्रतिशत, शिवान्त बाहादुर पाँडेको १.४७ प्रतिशत, सोफिया पाँडेको १.४७ प्रतिशत स्वामित्व रहेको छ ।









प्रतिक्रिया दिनुहोस्