काठमाडौं । नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाखु खोलामा एक्रो बेलीब्रिज जडानपछि सञ्चालनमा ल्याइएको छ ।
नेपाली सेनाले निर्माण गरेको २४० फिट लामो एक्रो बेलीब्रिजको जडान कार्य सम्पन्न भएको हो । ४० टन भारवहन क्षमता रहेको पुल आजबाट सञ्चालनमा ल्याइएको हो ।
एक्रो ब्रिज जडान भएसँगै नुवाकोट तथा रसुवा आसपास क्षेत्रका नागरिकलाई आवतजावतका साथै बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा अत्यावश्यक सामग्रीको ढुवानीमा सहजता हुनेछ ।









प्रतिक्रिया दिनुहोस्