काठमाडौं । कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभाले सेयरधनीका लागि प्रस्तावित २.१०५३ प्रतिशत लाभांश पारित गरेको छ । बुधबार सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट करसहित उक्त लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो ।
सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा सोही अवधिको वासलात, नाफा–नोक्सान हिसाबलगायतका वित्तीय विवरणसमेत पारित गरेको छ ।
२५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभरका २७९ शाखा, २९४ एटीएम, ४१ एक्सटेन्सन काउन्टर र ४० शाखारहित बैंकिङ इकाइमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ ।
बैंकले आफ्नो विस्तारित सञ्जालमार्फत देशका विभिन्न क्षेत्रमा बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्