Skip to content

मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणमा चरम ठगी: स्वास्थ्य व्यवसायी महासंघका २ पूर्वअयक्षसहित ४ जना पक्राउ, थप पीडितलाई जाहेरी दिन अनुरोध

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा ४ जनालाई पक्राउ गरेको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–१ का कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का रवीन्द्र केसी, गोरखा नगरपालिका–३ का प्रविण तिवारी र सर्लाहीको मलङ्गवा नगरपालिका–४ का रामपुकार तिवारीलाई पक्राउ गरिएको हो । खड्का र तिवारी स्वास्थ्य व्यवसायी महासंघका पूर्वअध्यक्षहरु हुन् ।

रोजगारीमा मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका क्रममा सरकारले निर्धारण गरेको स्वास्थ्य परीक्षण शुल्कबाहेक म्याक्रोटेक प्रालिको नाममा उनीहरुले ‘मेडिकल स्क्रिनिङ’मा नियम विपरीत शुल्क लिई श्रमिकलाई ठगी गरेका पाइएको छ ।

”श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंको पत्र तथा विकास रानाभाट समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी कैलाश खड्का समेत भएको
ठगी सम्बन्धी कसूर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसूरमा प्रतिवादीहरुले मलेसियामा वैदेशिक रोजगारमा जानको लागि गरिने स्वास्थ्य परिक्षणका
क्रममा नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य परीक्षण शुल्क बाहेक म्याक्रोटेक प्रा.लि. को नाममा बायो मेडिकल सर्भिस चार्ज मेडिकल स्कीनिङ उल्लेख गरी गैरकानुनी तवरले अतिरिक्त शुल्क लिई संगठित रुपमा रकम संलकन गरी श्रमिकलाई आर्थिक हानी पुर्‍याई प्रतिवादीहरुले आर्थिक लाभ लिई ठगी गरेको कसूरमा संलग्न निम्न प्रतिवादीहरूलाई पक्राउ गरी सम्मानित काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमती प्राप्त गरी अनुसन्धान भईरहेको छ’ सीआईबीको विज्ञप्तिमा उल्लेख छ ।

साथै, प्रस्तुत कसूरसँग सम्बन्धित पीडितहरुले यथाशीघ्र यस ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा प्रमाण सहित उपस्थित भई उजुरी / जाहेरी दरखास्त पेश गर्न समेत विज्ञप्ती मार्फत अनुरोध गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima