Skip to content

लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

nabil
global ime

काठमाडौं । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । शनिबार राति भट्ट पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई ललितपुरबाट पक्राउ गरेको जनाएको छ ।

नेपाल राष्ट्र बैंक ऐन अन्तर्गतको कसुरमा अनुसन्धानका लागि भट्टलाई पक्राउ गरिएको बताइएको छ । स्रोतका अनुसार इनाम सापकोटासँगको कारोबार तथा कनेक्सन जोडिएपछि उनलाई नियन्त्रणमा लिइएको हो ।

पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा राणासँग जोडिएका इनम सापकोटाको बयानका आधारमा उनलाई पक्राउ गरिएको हो । सापकोटासँग कनेक्सन देखिएको प्रहरीको भनाइ छ ।

स्रोतका अनुसार नख्खु कारागारमा रहेका दीपकसँग सापकोटाको टेलिफोन सम्पर्क समेत भएको देखिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima