Skip to content
Prabhu

ग्लोबल आइएमई बैंकको ३८४औं एटिएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा नयाँ एटिएम सञ्चालनमा ल्याएको छ । बैंकले अन्तर्राष्ट्रिय टर्मिनलको लगेज लिने ठाउँमा नयाँ एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।

सो नयाँ एटिएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या ३ सय ८४ पुगेको छ । यसैगरी, विमानस्थलकै आन्तरिक टर्मिनलमा रहेको एटिएम सेवालाई सेल्फी लिने स्थानमा स्थानान्तरण गरिएको छ । दुवै टर्मिनलमा रहेका एटीएम मेसिन २४ सै घण्टा सञ्चालनमा रहने छन् ।

हालसम्म बैंकको ३ सय ५४ शाखा कार्यालय, ३ सय ८४ एटिएम, २ सय ७७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर रहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal