काठमाडौं । झापाको बुधबारे घर भएकी विमला देवी गोयलको ८१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ। उनी गोयल ग्रुपका अध्यक्ष, वरिष्ठ उद्योगी एवं समाजसेवी कैलाशचन्द्र गोयलकी आमा तथा स्वर्गीय ओमप्रकाश गोयलकी धर्मपत्नी हुन् ।
स्वर्गीय ओमप्रकाश गोयल उद्योग तथा व्यवसायसँगै सामाजिक र परोपकारी कार्यमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वका रूपमा परिचित थिइन् । उनी नेपालमा पहिलोपटक एम्बुलेन्स दान गर्ने व्यक्तिका रूपमा स्मरण गरिन्छन । समाजसेवामा पुर्याएको योगदानको कदरस्वरूप उहाँलाई मरणोपरान्त ‘प्रबल जनसेवाश्री’ पदकबाट सम्मानित गरिएको थियो। साथै, नेपाल सरकारले उनको सम्मानमा सन् २०२५ मा १० रुपैयाँको हुलाक टिकटसमेत प्रकाशन गरेको थियो।
यी सामाजिक तथा परोपकारी कार्यमा विमला देवी गोयल उनकी जीवनसंगिनीका रूपमा सधैँ साथमा रहिन् । उनले पारिवारिक जीवनमा साथ दिनुका साथै स्वर्गीय ओमप्रकाश गोयलका सामाजिक कार्य तथा सेवामूलक यात्रामा सहयात्रीको भूमिका निर्वाह गर्नुभएको थियो।
स्वर्गीय विमला देवी गोयलका तीन छोरा र एक छोरी छन् । उनका नातिहरूमा अनुराग गोयल र चिराग गोयलसहित परिवारका अन्य नातिनातिना तथा सदस्यहरू छन् ।












प्रतिक्रिया दिनुहोस्